त्रिकोणात्मक टी-२० क्रिकेट खेलेर हङकङबाट फर्कियो नेपाली टोली

rohit-karan kc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। आज बिहान हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर टोली स्वदेश फर्किएको हो।

हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ।