रौतहटमा गोली प्रहारबाट एक युवा घाइते

लोकपाटी न्यूज
0 Shares

रौतहट। रौतहटको परोहा नगरपालिका-९ का शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको छ। शुक्रबार दिउँसो मोटरसाइकलमा आएका ३ जना भारतीयले मनी ट्रान्सफर अफिसमा बसिरहेका साहमाथि गोली प्रहार गरेका हुन्।

गोली लागी घाइते भएका साहलाई उपचारको लागि वीरगन्ज लगिएको छ। उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्