सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउँछ : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज
0 Shares

जानकी (बाँके)। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताएका छन्।

बाँकेको नेपालगञ्जमा आज उद्योग वाणिज्य कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठनलगायत कानुन निर्माण गर्ने जानकारी दिए।

‘उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ,’ मन्त्री भण्डारीले भने, ‘उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ।’ उक्त सिलसिलामा स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने उनको भनाइ थियो। मन्त्रालयले अनुचित मूल्य वृद्धि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने मन्त्री भण्डारीले उल्लेख गरे। -रासस