नुवाकोट प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए

Sanjaya-Singha-Thapa-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसेको छ। सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले थापालाई कारबाही सिफारिस गरेपछि जिम्मेवारी खोसिएको हो।

सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्