प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक– २०८०’ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

pic

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्