‘तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०’ चैत १० मा

cycle ko-oic
लोकपाटी न्यूज
0 Shares

चितवन। चितवनको भरतपुरमा ‘तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०’ हुने भएको छ। भरतपुर भम्रण वर्ष २०२४ को अवसर पारेर साईकल सिटिको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम् कार्यक्रम संयोजक सन्तुकुमार दरैले जानकारी दिए।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र भरतपुर महानगरको प्रर्वद्धकमा प्रतियोगिता भरतपुरमा चैत १० गते बिहान ८ वजे भरतपुरको पुन्यवती ताल गणेशधाममा हुनेछ। भने गणेशधामको वरपर ४ किलोमिटर परिधिभित्र प्रतियोगिता हुनेछ। प्रतियोगिताको पूर्व सन्ध्यामा यहि चैत ९ गते विहान ७ बजे प्रतियोगिताको पहिलो दिन बृहत् साईकल र्याली र दोश्रो दिन तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८० सुरु हुने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा १ सय जना बढी खेलाडीहरुको सहभागीता हुने अपेक्षा आयोजकको छ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद् वागमती, हेटौँडको सहयोग तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोग रहेको छ। साईक्लिङ प्रतियोगितामा ४ किलोमिटरसम्मको रेस र्कोषमा डेढ घण्टा रेस हुने आयोजकले जनाएको छ। जसमा प्रतियोगिले ७ देखि ८ पटकसम्म परिक्रममा गर्नेछन्। प्रतियोगितामा पुरुष एलाईट, महिला एलाईट, मेन मास्टर, जुनियर मेन र महिला पुरुष चितवन विशेष विधा रहेका छन्।

प्रतियोगितामा पुरुष एलाईट तथा महिला एलाईटतर्फको विधामा १७ बर्ष भन्दा माथिका महिला तथा पुरुषले सहभागिता जनाउने पाउनेछन्। मेन मास्टर विधामा ४० बर्ष भन्दा माथीका जुनियर मेन विधामा १७ र १८ बर्षमा र महिला पुरुष चितवन विशेष विधा रहेको कार्यक्रम संयोजक सन्तुकुमार दरैले बताए।

प्रतियोगितामा पुरुष र महिला एलाईटमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्। भने मेन मास्टरमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, जुनियर मेनमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र र महिला पु?ष चितवन विशेष विधामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए।

बृहत् साईक्ल र्याली नारायणी नदी किनारबाट सुरु भई आँटारी, केन्द्रिय बसपार्क, हाकिमचोक, चौविसकोठी, सहिदचोक, पुलचोक हुदै पुन नारायणी नदी किनारमा पुगेर सकिने सहसंयोजक श्रेष्ठले बताए।

क्यान्सर पीडितहरुलाई सहयोग गर्न, युवाहरुलाई साईक्लिङमा प्रोत्साहन गर्न तथा चितवनमा यस खेलका प्रतिभा पहिचान गर्नका लागि हरेक बर्ष प्रतियोगिता आयोजना गरिरहेको प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले बताए।

हरेक बर्ष साईक्लिङ खेलालाई प्रर्वद्धन हुने लक्ष्यका साथ प्रज्ञा स्मृतिले साईक्लिङ विधामा विभिन्न प्रतियोगिता गराउदै आएको छ। गत वर्ष मात्रै यहाँ प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन सम्पन्न गरिसकेको थियो।