बाँसबारी जग्गा प्रकरण : सांसद चौधरीसँग बयान लिन गृहमन्त्रीको निर्देशन

Rabi-lamichane
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन्।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई आज गृहमन्त्री लामिछानेले सो जग्गा सरकार मातहत ल्याउन प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको हो।

गृहमन्त्री लामिछानेले छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सांसद विनोद चौधरीसँग बयान लिन सीआईबीलाई निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।