रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौंको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। आइतबार बिहान ९.४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्