गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन

_gandagi- pic
लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन्। उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन्।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ।

नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ। कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छाडेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्