शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित

Rastiyesava
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरेका हुन्।

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो। बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो। अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन्।

उनको उपचारका क्रममा आइतबार निधन भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्