सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्