पत्रकार परियारको निधनप्रति प्रेस सेन्टर नेपालद्वारा दुःख व्यक्त

Bikram pariyar
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रेस सेन्टर नेपालले जिल्ला समन्वय समिति रुकुमपूर्वका उपाध्यक्ष विक्रम परियारको बस दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गरेको छ। मंगलबार बिहान प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

नेपाल राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा सहभागी हुनको लागि काठमाडौं परियार काठमाडौँ आउँदै थिए। रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबारा स्थायी घर भएका उनी पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव समेत हुन्। उनको निधनले रुकुम पूर्वलगायत सिङ्गो पत्रकारिता क्षेत्र र जनपक्षीय पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको सेन्टरले जनाएको छ।

सोमबार रुकुमकोटबाट काठमाडौँ आउने क्रममा बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा परियारसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। २९ जना घाइते भएका थिए।