राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Rastriyasabha
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ।

यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम छ। अर्थमन्त्री पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तु हुनेछ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्