शिक्षा, स्वास्थ्य समितिको सभापतिमा थापा निर्वाचित

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा अम्मरबहादुर थापा निर्वाचित भएका छन्। समितिको सभापतिमा बुधबार निर्वाचित भएलगत्तै उनले बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरे।

नव निर्वाचित सभापति थापाले शिक्षालाई विशेष सुधार गरेर लग्न आफ्नो प्रयत्न हुने बताए। ‘म पाएको जिम्मेवारी राम्ररी फत्ते गर्नेमा विश्वास राख्छु,’ उनले भने, ‘स्वास्थ्य र शिक्षा संवेदनशील विषय हुन्। शिक्षा क्षेत्रको बृहत् सुधारका लागि ऐन बन्दैछ। शिक्षाको गुणस्तरमा वृद्धि र शिक्षकलाई कर्मचारीसरह बनाउनेदेखि सबै जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर समितिमा काम गर्नेछु।’

नवनिर्वाचित सभापति थापाले बिहीबार पदबहाली गर्ने कार्यक्रम रहेको छ। दोलखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधित्व गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्