भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन

juaan-vetnam
लोकपाटी न्यूज
0 Shares

हनोई। भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई बिहीबार कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो। भियतनामी राष्ट्रिय सभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको छ।

नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ । बैठकले थुओङलाई सन् २०२१-२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ।

निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरीका लागि आफू दोषी रहेको स्वीकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका थिए। बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उनको राजीनामा स्वीकृत गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्