एनआरएनएद्वारा भूकम्पबाट ध्वस्त भएका भेरी र आठबिसकोटमा पुनर्निर्माणको तयारी

NRNA-samjhauta
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए) ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ। गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो ।

काठमाडौँमा हालै सम्पन्न संघको बार्षिक साधारणसभामा दुबै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा संघका संरक्षक डा. शेष घले, अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन भने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै संघका अध्यक्ष कुँवरले आफूहरुले भूकम्पबाट सबैभन्दा बढी क्षति पुर्याएको दुई नगरपालिकाको पुनर्निमाणमा सहयोग गर्न लागेको जानकारी दिए। उनले आफूहरुलाई काम गर्ने वातावरण बनाइदिन समेत नगर प्रमुखसँग आग्रह गरे।

“हामीहरुलाई अरु केही चाहिँदैन, हामीलाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिनुहोला। नेपालमा राम्रो काम गरौं भन्दा पनि अबरोध भएका अनुभव हामीसँग छन्। विशुद्ध सेवाभावका साथ हामीले दुई नगरपालिका रोजेका हौं। यसमा राजनीतिकरण गर्ने र काम गर्न असहज बनाइदिनुहोला” अध्यक्ष कुँवरले भने। उनले २०७२ सालको भूकम्पमा संरक्षक घलेको नेतृत्वमा लाप्राकको बस्ती नै बनाइदिएको स्मरण समेत गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्