तीन वटा संसदीय समितिको बैठक बस्दै आज

siksha-sameeti_pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्न लागेको हो। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्