रवि लामिछानेलाई पदमा बस्न छुट छैन : शेखर कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा पदमा बस्न छुट नभएको बताएका छन्।

बानेश्वरमा स्थानीय कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कोइरालाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा नै दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘गृहमन्त्रीले तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो। तर अहिले पदमा उहाँ रहन छुट छैन।’

गृहमन्त्री लामिछानेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नाम जोडिएको छ। यसपछि कांग्रेसले सदन र सडकबाट निरन्तर आवाज उठाइरहेको छ।कोइरालाले अरूलाई नैतिकताको पाठ सिकाउने मान्छे आफू पनि नैतिक वान बन्नुपर्ने समेत बताए।