आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अनुसार आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १४९० रुपैयाँमा कारोबार भएको चाँदी आज १५१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्