प्रेस सेन्टर नेपालद्वारा लिम्बू बर्खास्त

Milan_Limbu
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आसन्न उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन्। लिम्बूले संगठनको ‘नीति, विधि, विधान र आचरण विपरीत’ काम गरेको आरोप प्रेस सेन्टरले लगाएको छ।

प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै लिम्बुलाई आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएकोे जनाएका छन्। लिम्बु प्रेस सेन्टरको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए। उनी माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेर निर्वाचनको तयारीमा होमिएका थिए। लिम्बुलाई रास्वपाले विहीबार उम्मेदवार बनाउने निर्णय गरेको थियो।