साझा एजेन्डामा सबै दल एकजुट हुनुपर्छ : गृहमन्त्री लामिछाने

Rabi_Lamichhane
लोकपाटी न्यूज
0 Shares

इलाम। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले साझा मुद्दा र सवालमा काम गरिरहेको बताएका छन्। जिल्लास्थित राजनीतिक दल एवं समाजसेवीसँगको अन्तर्क्रियामा उनले साझा एजेन्डामा सबै दल एकजुट हुनुपर्ने बताएका हुन्।

सीमा, सडक, स्वास्थ्य, शिक्षा र कृषिलगायत जनतासँगै प्रत्यक्ष जोडिएका विषयमा सबैका साझा समस्या भएको भन्दै गृहमन्त्री लामिछानेले दलहरू ती विषयमा एकजुट भएर समाधान खोज्नुपर्ने बताए। देशमा धेरै समस्या रहेकाले ती समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै उनले क्रमशः समाधान गर्दै जानुपर्ने बताए।

कार्यक्रममा स्थानीय तह, व्यापारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिले जिल्लामा रहेका कृषि, स्वास्थ्य, शिक्षा तथा सीमामा उत्पन्न हुने समस्याका बारेमा गृहमन्त्री लामिछानेसमक्ष जानकारी गराएका थिए।