नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्छ : उपप्रम यादव

Upendra Yadav
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया’मा उनले असमानता, विभेदलाई अन्त्य गर्दै आर्थिक विकास र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनै पर्ने बताएका हुन्।

उनले वर्तमान सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको बताए। वर्तमान शासन प्रणाली र निर्वाचन प्रणालीको परिवर्तन नगरी समाजवाद स्थापना हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले त्यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिए।

संघीयतालाई सबल बनाउन पनि सुधार जरुरी रहेको उनको कथन छ। जातीय, धार्मिक, सामाजिक विभेदलाई अन्त्य नगरिकन सामाजिक न्यायसमेत प्राप्त नहुने र समाजवाद समेत प्राप्त नहुने उनले स्पष्ट पारे।