राष्ट्रियसभाको बैठक बस्दै आज

Rastiye sava
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद भवन बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

यस्तै, अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नेछन्। बैठकमा अध्यक्षले राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनको मिति तोक्ने सम्भावित कार्यसूची छ। यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्