सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर हिजो केही घटेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर हालसम्मकै महँगो भएको छ। हिजो तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६१० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्