गृह मन्त्रालयले गर्‍यो नौ उपसचिवको सरुवा (सूचीसहित)

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। गृह मन्त्रालयले ९ जना उपसचिवको सरुवा गरेको छ। बुधवारको निर्णयअनुसार उपसचिवहरूको पदस्थापन र काज सरुवा गरिएको हो।

मन्त्रालयले भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको छ। यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमा काजमा रहने गरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक सिडिओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ। गृह मन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहने गरी अछामको सहायक सिडिओमा सरुवा गरिएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab