बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीद्वारा पदभार ग्रहण

bagmati pradesh sava
लोकपाटी न्यूज
0 Shares

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरूले आज पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गरेका मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

गत फागुन २३ गते नेपाली कांग्रेसका तर्फबाटमन्त्री बनेका छन् जनाले सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिएपछि मौजुदा मन्त्रिपरिषद् अल्पमतमा परेको थियो। मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक लिएको विश्वासको मतमा ५६ मत पाएपछि उनी नेतृत्वको सरकारले निरन्तरता पाउने भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्