१९ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस

Nepal Police
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका अनुसार बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो।

उनका अनुसार बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो।

बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन्। उनको अंक ९७. २१६० रहेको छ। दोस्रो नम्बरमा रहेका ऋषिराम घर्तीमगर, तेस्रोमा दिपक मल्ल र १९ औं नम्बरमा कमलकुमार खड्का रहेका छन्।

dsp-line-1_tqGdRKKjoN

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्