नेपाल ‘ए’ले पायो २८५ रनको लक्ष्य

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ले २८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ९ विकेटको क्षतिमा २८४ रन बनायो।

आयरल्यान्डका लागि ओपनर स्टेफिन डोहेनीले शतक प्रहार गरे। उनले १०७ रन जोड्ने क्रममा १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै पिटर मूरले ४४ रन बनाए।

बलिङमा नेपालका रिजन ढकालले ३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। रञ्जित कुमारले पनि ३ विकेट लिन सफल भए। उनले १० ओभरमा १ मेडन राख्दा ५१ रन खर्चिए। यसअघिका दुवै एक दिवसीय खेलमा पराजित भइसकेको नेपालले सिरिज गुमाइसकेको छ।