सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

Debraj_Ghimire
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित चार राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। सभामुख घिमिरेले बिहान साढे १० बजे नेताहरूलाई आफ्नो कार्यकक्ष सिंहदरवारमा बोलाएर छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।

घिमिरेले छलफलका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतलाई बोलाएका छन्।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग उठाउँदै आएको छ। प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएकाले त्यसअघि संसदको गतिरोध अन्त्यको प्रयासका लागि सभामुखले छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्