संसदीय छानबिन समिति गठन गर्ने मागबाट पछि नहट्ने काँग्रेसको निर्णय

Nepali Congress President Sher Bahadur Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो।

पदाधिकारी बैठकले थप दबाबमूलक ढंगले विषय उठान गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आफूहरूका मागमा सरकार जिम्मेवार नबनेको काँग्रेसको ठहर छ। संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि डाकेका छन्।

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको काँग्रेसले बताउँदै आएको छ। सो प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता नदेखिने भन्दै सत्तापक्षले छानबिन समिति गठनको माग अस्वीकार गरिरहेको छ।