नाउपाकी सुदूरपश्चिम प्रदेशसभा सदस्य गिरी पदमुक्त

sudur-pashchim-pradesh
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना टाँसेको हो।

नाउपाको सिफारिसअनुसार समानुपातिक सांसद गिरीलाई पदमुक्त गर्न सभामुख भण्डारीले निर्देशन दिएको सूचनामा उल्लेख छ। कमल शाह नेतृत्वको सरकारमा गिरी राज्यमन्त्री बनेकी थिइन्। नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन्।

सत्ता समीकरणमा फेरबदल आएसँगै नाउपा विवाद छ। पार्टी संरक्षक रेशमलाल चौधरी सुदूरपश्चिममा पुरानै सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने पक्षमा छन् भने अध्यक्ष रञ्जित भने नयाँ गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा छिन्। अध्यक्षको निर्देशन विपरीत सुदूरपश्चिममा संरक्षक चौधरीले ५ जना सांसदलाई मन्त्री बनाएर सरकारमा पठाएका थिए।

अध्यक्ष रञ्जिताले भने सरकारबाट फिर्ता हुन निर्देशन दिइन्। पार्टीको निर्देशन पालना नगरेको भन्दै उनले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी थिइन्। सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। निर्देशन विपरीत सरकारमा रहेका अन्य ४ मन्त्रीलाई भने कारबाही गरिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्