सहकारी मुद्दाबाट पछि हट्दैनौं : सभापति देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने बताएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति देउवाले सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने बताएका हुन्।

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताए। उनले यस मुद्दालाई यतिकै छोड्न नहुने बताए।सभापति देउवाको भनाइलाई उदृत गर्दै एक नेताले भने- ‘लाखौँ जनता ठगिएका छन्। यो मुद्दालाई यतिकै छोड्नु हुँदैन। कानुन पनि छ र उपलब्ध प्रमाणहरू गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन्।’ आज बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई सशक्त रुपमा उठाउने निर्णय समेत गरेको छ।