राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई नेकपा एसको समर्थन

samajbadhi
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरेलाई समर्थन गर्ने भएको छ। यसअघि एकीकृत समाजवादीले समेत उपाध्यक्षमा दाबी गर्दै आएको थियो।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने निर्णय भएको छ। उपाध्यक्ष पदको निर्वाचन आज हुँदैछ।  राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उम्मेदवार छन्।