फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा सोमबार सुन-चाँदीको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँ बढेर प्रतितोला सुन १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको हो।

अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ पुगेको छ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्