पार्टीमा गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आयो : महामन्त्री थापा

Gagan_Thapa
लोकपाटी न्यूज
0 Shares

सुदूरपश्चिम। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन्। धनगढीमा आज उनले विकासका सवालमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए।

पार्टीको एजेण्डा २०८४ का लागि नभई आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनः जागरणको वर्ष बनाउनुपर्छ, एक वर्ष काँग्रेसले सिंहदरबार, बालुवाटार नहेरी राष्ट्रका मुख्य-मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ।’

पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्‍याउने उनले बताए। पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए।