ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, ग्राहकले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

pic-777
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ।

आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ।

बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २१० रुपैयाँ र विदेश भ्रमणको लागि ६ रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो। बैंकको क्रेडिट कार्डबाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ।

यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहानेले बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउने छन्। ग्लोबल आइएमई मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्र छन्।

ग्लोबललाई सबैंको बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ।