इजरायली आक्रमणले गाजामा हमासका पूर्वाधार नष्ट

लोकपाटी न्यूज
0 Shares

एजेन्सी। मध्यगाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ। यसै क्रममा केही आतङ्ककारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ।

इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो। आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए।

भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतङ्ककारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो। गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए।

यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक बनाइएका छन्। एक सय ३४ जना बन्धकमध्ये इजरायलले हालै ३१ जनालाई मृत घोषणा गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्