तोलामा सात सयले बढ्यो सुनको मूल्य

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको छ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्