आईपीएलमा आज दुई खेल हुँदै

Ipl
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलरबीच हुँदै छ।

कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुने छ। त्यसैगरी आज दोस्रो खेल पञ्जाव किंग्स र गुजरात टाइटन्सबीच हुदै छ। पञ्जावको घरेलु मैदान मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ।

जारी आइपीएलमा अहिलेसम्म पञ्जावले ७ खेलमा केवल २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ। ४ अंकसहित पञ्जाव अंक तालिकामा नवौं स्थानमा रहेको छ। त्यसैगरी गुजरातले यस सिजनमा ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा आठौँ स्थानमा रहेको छ।