सत्ता गठबन्धनमा कुनै समस्या छैन, पुरै कार्यकाल टिक्छ : प्रधानमन्त्री

prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन राजनीतिक सत्ता समीकरण मात्रै भएको बताएका छन्।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। अहिलेको सत्ता गठबन्धन वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिनुपर्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको भन्दै पुरै कार्यकाल टिक्ने बताए। उनले भने, ‘बजारमा गठबन्धनलाई लिएर अनेक खालका चर्चा भइरहन्छन्, तर अहिले कुनै समस्या छैन, यो पुरै कार्यकाल जान्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्