लुम्बिनी सरकारबाट बाहिरियो जसपा

bhandarilal-ahir_PIC
लोकपाटी न्यूज
0 Shares

लुम्बिनी। जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन्।

सरकारबाट बाहिरिएपनी सरकारलाई दिएको समर्थन भने यथावत नै रहेको जसपाले जनाएको छ। जसपाका संसदीय दलका नेता समेत रहेका कृषी तथा भूमी व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजिनामा दिइसकेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए।

नेकपा माओवादीका नेताहरु सँग जनता समाजवादीलाई २ जना मन्त्री दिनेसहमतिगरेकोमा त्यस विपरीत मुख्यमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्दा अपमानजनक व्यवहार गरेकोले सरकारबाट बाहिरिएको यादवले बताए।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले सत्ता गठबन्धन र जसपाबिच ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए ।

ttt_6hHkaB0bB8

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्