कानुन विषयको प्राध्यापक पदमा पुनः विज्ञापन गर्न अनेरास्ववियुद्वारा माग

Annfsu student akhil flag
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कानुन विषयको प्राध्यापक पदको पुनः विज्ञापन गर्न माग गरेको छ।अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले आइतबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विद्यमान कानुनलाई बेवास्ता गरेर विज्ञापन आह्वान गरेको भन्दै पुनः विज्ञापन आह्वान गर्न माग गरेका हुन्।

आयोगले २०८० वैशाख १ गते कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ लाई २०८० असोज २१ गते संशोधन गरिएको थियो।

उक्त कार्यविधि कार्यान्वयनका लागि आयोगमा पठाइएको भए पनि आयोगले पुरानै प्रक्रियाबाट विज्ञापन आह्वान गरेको थियो। विद्यमान कानुनलाई बेवास्ता गरेर निश्चित सह–प्राध्यापकहरूलाई मात्रै प्राध्यापक पदपूर्ति गर्न खोजिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो।

नियुक्ति र बढुवाका लागि ऐन, कानुन अनुसार नै जानुपर्ने तर, आयोग सीमित व्यक्ति र समूहलाई प्राध्यापक बनाउनतिर लागेको अनेरास्ववियुले आरोप लगाएको छ। विद्यमान कानुन मिचेर प्राध्यापक पदपूर्ति गर्न खोजिएको भन्दै उक्त विज्ञापन तत्काल खारेज गरी विद्यमान कानुन अनुसार नै पुनः विज्ञापन आह्वान गर्न विज्ञप्तिमा उल्लेख गरेको छ।

student_