आज कति छ सुनचाँदीको भाउ ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो आइतबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्