मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

binaya-kumar-yadav pic
लोकपाटी न्यूज
0 Shares

जनकपुरधाम। मोटरसाइकल दुर्घटनामा सोमबार राति पत्रकार विनय कुमार यादवको निधन भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केवरबाट धारापानीतर्फ जाने क्रममा पत्रकार यादव आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको मृत्यु घटनास्थलमै भएको हो।

२८ वर्षीय यादवको घर धनुषाकै धनुषाधाम नगरपालिका- ५ मा पर्छ। उनी जनकपुरमा बसेर पत्रकारिता गर्थे। एक वर्षअघि मात्रै उनले विवाह गरेका थिए। उनी जनकपुरबाट सञ्चालन हुँदै आएको ई–न्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक थिए।

दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम- ५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन्। उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्