सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गर्छौं : गृहमन्त्री लामिछाने

Rabi_Lamichhane
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन्। इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन्।

रास्वपाका सभापति समेत रहेका लामिछानेले पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरे।अहिलेसम्म जस-जसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै लामिछानेले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गरे।