४ हजार भन्दा बढी प्राथमिक शिक्षकका लागि जागिर खुल्यो

shikshak_sewa_aayog
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्राथमिक तह तृतीय श्रेणीका लागि ४ हजार ४ सय ६२ शिक्षकको लागि जागिर खुलेको छ। शिक्षक सेवा आयोगले आज शनिबार विभिन्न समूहमा सातवटै प्रदेशका लागि विज्ञापन खुलाएको हो।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ।

आयोगले कोशीमा एक हजार ७७, मधेशमा पाँच सय आठ, बागमतीमा एक हजार एक सय तीन, गण्डकीमा आठ सय, लुम्बिनीमा चार सय ९५, कर्णालीमा एक सय ७७ र सुदूरपश्चिममा तीन सय दुई गरी चार हजार चार सय ६२ रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ।