बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक जारी

लोकपाटी न्यूज
0 Shares

चैनपुर। बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ। त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।