बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

लोकपाटी न्यूज
0 Shares

बझाङ। बझाङमा- १ (क) उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ। एमालेका दमन भण्डारी १ हजार २६२ मतका साथ अग्रता कायम राखेका छन्।

भण्डारीलाई पछ्याउँदै काँग्रेसका अभिषेक सिंहले ६३६ मत पाएका छन्। नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ३५२ मत ल्याएका छन् भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३१६ मत पाएका छन्।

अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको मतगणना सम्पन्न भएको हो।