मतान्तर बढाउँदै एमाले उम्मेदवार सुहाङ, कसले कति मत पाए ?

लोकपाटी न्यूज
0 Shares

इलाम। इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अग्रता लिएका छन्।

उनले ३ हजार ७८३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७८२ मत ल्याएका छन्।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु रहेका छन्। डकेन्द्रको ७८४ मत आउँदा मिलनको ५६१ मत आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्