इलाममा एमालेको अग्रता कायमै

लोकपाटी न्यूज
0 Shares

इलाम। इलाम २ मा भएको उपनिर्वाचनको मत परिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सुहाङले १० हजार तीन मत प्राप्त गरेका छन्।

त्यस्तै ६ हजार नौ सय ४४ मत सहित नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले पच्छ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु पाँच जार पाँच सय ९१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार चार सय ४३ मत ल्याएका छन्। अहिलेसम्म २५ हजार ७१२ मतगणना भएको छ।